ब्रसेल्सको अपराध अनुशन्धान प्रयोगशालामा शक्तिशाली बिस्फोट

brussels-false-flag

भाद्र १३, २०७३- बेल्जीयमको ब्रसेल्स प्रहरीको अपराध अनुशन्धान प्रयोगशालामा शक्तिशाली बिस्फोट भएको छ । बीबीसीका अनुसार स्थानीय समय अनुसार २:३० बजे एउटा कार तीनवटा तारबारलाई ठक्कर दिँदै प्रयोगशालामा प्रवेश गर्दा आगलागीसहित बिस्फोट भएको हो ।

बेल्जियन मिडियाका अनुसार जबरजस्ती प्रयोगशाला हाताको छेकबार भत्काउँदै कारमा प्रवेश गरेका ‘एक वा दुई’ संदिग्धले त्यसपछि बम बिस्फोट गराएका हुन् ।यद्यपि प्रहरीले भने बम बिस्फोट भए नभएको अहिले खुलाएको छैन ।

गत मार्च महिनामा ब्रसेल्समा ३२ जनाको ज्यान जाने गरी भएको शृंखलावद्ध आतंकवादी हमला यता बेल्जीयमको सुरक्षा सतर्कतालाई उच्च विन्दुमा राखिएको थियो ।

अहिले गराइएको बिस्फोटमा कोही पनि हताहत नभएको बताइए पनि आक्रमणकारीको अवस्था के छ भन्ने खुलाइएको छैन ।बीबीसीका अनुसार त्यहाँको वारुणयन्त्रका प्रवक्ता पेरी मेजले एएफपीलाई उक्त बिस्फोट निकै शक्तिशाली भएको र केवल दुर्घटना नहुनसक्ने बताएका छन् ।

बेल्जियन अधिकारीका अनुसार बिस्फोट बारे अनुशन्धान सुरु भइसकेको छ ।

प्रकाशित: भाद्र १३, २०७३

Comments

comments