प्रधानमन्त्री दाहाल दिल्लीमा

२०७३ भदौ ३०,प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका लागि दिल्ली पुग्नुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहिवार विहान ११ बजे भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले पहिलो दिन भारतस्थित नेपाली दूतावासमा भारतीय नेताहरुसँग छलफल र प्रवासी नेपालीलाई सम्वोधन गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीको सम्मानमा नेपाली दूतावासले रात्रिभोज आयोजना गर्यो ।
दोस्रो दिन शुक्रवार प्रधानमन्त्री दाहालले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जी लगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।भने भ्रमणका क्रममा दुई देशबीच विभिन्न विकास आयोजनामा समेत हस्ताक्षर गर्ने र भारतीय बुद्धिजीवी र व्यवसायीसँग भेटघाट तथा केही परियोजनाको अवलोकनसमेत गर्नुहुनेछ ।
भ्रमण टोलीमा प्रधानमन्त्रीसहित १ सय २५ सदस्य छन । प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कनुहुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.