नवीन उमाविमा शिक्षकमाथि हातपात

बुटवल, असोज २ । बुटवल–१३ देविनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालयमा शिक्षकहरु माथि हातपात भएको छ । आइतबार दि“उसो करिब २ बजेको समयमा कक्षा लिन शिक्षकहरु कक्षाकोठामा जा“दै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कदरबहादुर रायमाझीको नेतृत्वमा आएको २०÷२२ जनाको समूहले शिक्षकहरुमाथि हातपात गरेको पीडित शिक्षकहरुले बताएका छन् । शिक्षकहरुमाथि हातपात भएपछि विद्यालय केही बेर तनाबग्रस्त समेत बनेको थियो । विद्यार्थीहरुले कदर बहादुर रायमाझीको राजिनामाको माग गर्दै नारा जुलुस समेत गरेका थिए ।
अध्यक्ष रायमाझीको नेतृत्वमा आएको टोलीले विद्यालयमा राजनीति गर्ने भन्दै आफूहरुमाथि हातपात गरेको पीडित शिक्षक जीवराज पन्तले बताए । उनले अध्यक्षले गुण्डा लिएर आफूहरुलाई हातपात गरेको र आफूहरु असुरक्षित भएकाले सुरक्षाको प्रत्याभुति दिलाउन समेत माग गरे । शिक्षकहरु सन्तोष पछाई, कमल गैह्र, राजन अधिकारी र विष्णु पन्थीमाथि हातपात भएको थियो । पीडित शिक्षकहरुले बाहिर निस्के आफूहरुलाई मार्ने धम्की समेत दिएको बताएका छन् । रायमाझीले भने आफू बुझ्न जादा शिषकहरुले लखेटेको बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.