प्रायः अभिभावक आफ्ना बलबालिकासित इमोसनल एब्युज अर्थात् भावनात्मक दुव्र्यवहार गर्छन्। यसको प्रारम्भ तब हुन्छ जब सन्तानलाई आफ्नो शब्दको तीर चलाएर आहत गरिन्छ। जानेर वा अञ्जानमा सबैका सामु वा एकान्तमा शिशुका साथमा कठोर वा गलत शब्द प्रयोग गरिन्छ। तिमी मूर्ख वा नालायक हौ, तिमी यति सानो कुरा पनि बुझ्न सक्दैनौ। तिमी हाम्रो कुरा सुन्दैनौ, तिमी कहिल्यै केही गर्न सक्दैनौ आदि। यसबाहेक शिशुबाट सधैं अपेक्षा गर्नु, तिनको सल्लाह, कुरालाई सीधै अस्वीकार गर्नु, सधैं तिनको अपमान गर्नुले उनीहरूमाथि भावनात्मक रूपमा चोट पुर्‍याउँछ।
कसरी बालबालिकालाई चोट पर्छ ?
अपमान।-अपेक्षा।उनीहरूको हरेक कुरालाई खारेज गर्नु । सधैं निन्दा गर्नु। कराउनु। सधै नालायक भन्नु। रिसको झोकमा शारीरिक चोट पुर्‍याउनु। बम विस्फोट, बलात्कार, चोरी, डकैतीका हिंस्रक समाचार वा चलचित्र हेर्नु। बालबालिकाको गतिविधिमा ध्यान नदिनु। असुरक्षाको अनुभूति गराउनु।बालबालिकाहरूका सामु उनीहरूका कारण हुने असुविधाको चर्चा गर्नु। तर्साउनु-धम्की दिनु।उनीहरूका पि्रय वस्तु वा खेलौना फुटाउने वा बिगारिदिने धम्की दिनु। बालबालिकालाई बारम्बार तिमी हाम्रा सन्तान होइनौ भन्दा उनीहरूले आफ्नो कुरा सुन्दैनन् र भनेको पनि टेर्दैनन्। स-साना बालबालिकाबाट उनीहरू नरोऊन् भन्ने अपेक्षा राख्नु। बालबालिका सफल नभए उनीहरूमाथि रिस पोख्नु। साथीसित खेल्न नदिनु। अरुभन्दा राम्रो पर्फम गर्न दबाब दिनु।कसैलाई कुटे उनीहरूलाई प्रोत्साहित गर्नु।झूटो बोले पनि उत्साहित गर्नु।शिशुलाई गर्न नसक्ने काम गर्न दबाब दिनु। आफूभन्दा साना उमेरका भाइबहिनीको हेरचाह गर्न भन्नु। आफ्नो तनावका बारेमा चर्चा गर्नु र उनीहरूले सबै कुरा बुझून् भन्ने अपेक्षा राख्नु। आफ्नो डिप्रेसन बालबालिकामाथि थुपार्नु। शिशुको भावनात्मक स्तर कुनै कारणले बिगि्रएको छ भने उसले केही संकेत दिन्छ। त्यसलाई बुझ्नु आफ्नो जिम्मेवारी हो, यो संकेत यस प्रकारको हुन सक्छ। शिशुले औंला चुसे वा नङ टोके।धेरै रोए। नजर जुधाउनबाट बच्न खोजे। हिंस्रक, आक्रामक र विनाशकारी प्रवृत्तिको भए। अरुसित निर्दयी व्यवहार गरे। शिशुलाई सुत्न कठिन भए। बोल्न कठिन भए। एक्लै बसे। धेरै जिद्दी भए। आफूसम्बन्धी नकारात्मक कुरा गरे। बिछ्यौनामा पिसाब फेरे। लज्जालु स्वभावको भए। शारीरिक एवं मानसिक विकास सुस्त भए।
इमोसनल अत्याचारको दुष्प्रभाव
भावनात्मक नोक्सानीको प्रभाव लामो समयपछि देखिन्छ र त्यतिबेला उपचार सम्भव नहुन सक्छ। यो मात्र बालबालिकाको विकासका लागि मात्र होइन जीवनकै लागि घातक हुनसक्छ। सबैभन्दा सामान्य प्रभाव शिशु डिप्रेसनमा जानु। आत्महत्या।आत्मग्लानि। अञ्जान भयबाट ग्रस्त हुनु। आफ्नो भावनालाई ठीक तरिकाबाट व्यक्त गर्न नसक्नु।कसैमाथि वा स्वयंमाथि विश्वासको कमी। सधैं सबैलाई शंकाको नजरले हेर्नु। स्वयंलाई कम आँकलन गर्नु।
के गर्ने ?
बाल मन जति सरल र सहज हुन्छ त्यति नै जटिल पनि। बालबालिका आफूसित मात्र प्रेम र स्वीकृतिको चाहना राख्छन्। बालबालिकाको सफलता मात्र होइन असफलतालाई पनि स्वीकार होस् भन्ने उनीहरूको चाहना हुन्छ। उनीहरूलाई भावनात्मक सुरक्षा र सपोर्ट प्रदान गर्नुपर्छ। उनीहरूसित कुरा गरी उनीहरूको चिन्ता र जिज्ञासाको समाधान गर्नुपर्छ। अभिभावकले आफ्ना बालबालिकाबाट आफ्नो सपना पूरा गर्नुको साटो उनीहरूको सपना बुझी त्यसलाई पूरा गर्न उनीहरूलाई साथ दिनुपर्छ। बालबालिकाको भावनाको सम्मान गर्नुपर्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.