लोकनाथ गैरे
बागवानी (हर्टिकल्चर) कृषिको महत्वपूर्ण अंगहो। तरकारी, फल, फूल, मसला, चिया, कफि, अदुवा, अलैंची जस्ता महत्वपूर्णनगदेवालीहरुलाई यसले समेटेको छ । देशको कुलग्राहस्थ उत्पादनको एक तिहाई र कुल रोजगारीको दुई तिहाई भागओगटेको कृषिप्रधान देशको महत्वपूर्ण विधा बागवानी (हर्टिकल्चर) का विज्ञहरुको अन्तराष्ट्रिय हर्टिकल्चर सम्मेलन गत चैत्रमा भइसकेको छ । यसै सन्दर्भमा हर्टिकल्चरका साठी वर्ष भन्ने पुस्तक सम्माननीय प्रधानमन्त्रीद्धारा विमोचन गरिएको छ । यसले नेपालको बागवानी क्षेत्रमा एउटा र्इंटा थपेको छ । आगामी दिनहरुमा बागवानीका विज्ञहरुले अरु ईटाहरु थप्नेछन् ।
परिभाषा र व्याख्या
नेपाल हर्टिकल्चर सोसाईटीले तत्कालबागवानी विज्ञ (हर्टिकल्चरीष्ट) को परिभाषा गर्नु पर्दछ । देशका बागवानी विज्ञहरु को हुन्, बागवानी विज्ञ हुनकालागि कुनकुन योग्यता आवश्यक पर्दछ, उनीहरुको क्षमता के हो,उनीहरुले के काम गर्दछन् भन्ने स्पष्ट परिभाषा गर्नु पर्दछ । साथै किसानहरुको लागि बागवानी विज्ञहरुले कुनकुन सेवा दिन सक्दछन्, एउटा किसानले चाहेको समयमा कहाँ भेट्न सक्दछ जस्ता विषयहरु समेटेर पूर्ण रुपमाबागवानी विज्ञहरुको व्याख्यागर्नु अत्यन्त जरुरी छ । हामीले स्वास्थ्यकर्मी, कानुन व्यवसायी, संचारकर्मी जस्तै बागवानीकर्मीलाई सहज पहुँचको वातावरण तैयार नगरे सम्मकृषकहरुले वागवानीलाई पेसाको रुपमा अगाल्न सम्भव छैन । पेशाको रुपमा नआई परम्परा पद्धतिबाट वागवानीको पुनरुत्थान९चभायचm० संभव छैन ।
वागवानी विज्ञको काम९व्यद०
बागवानी विज्ञहरुको कामको वारेमा नेपालका किसानहरुलाई कुनै जानकारी छैन । यी विज्ञहरुको काम, कर्तव्य सम्वन्धमा प्रष्ट धारणा सार्वजनिक हुनु पर्दछ । नेपाल हर्टिकल्चर सोसाईटीका अधिकांस सदस्यहरु नेपाल सरकारका वर्तमान वा अवकास प्राप्त ंकर्मचारी,शिक्षक, प्राध्यापक लगायत कुनै न कुनै रुपमा राजस्वबाट लाभान्वित सदस्यहरु छन् । यसर्थ बागवानी विज्ञहरुको काम के हो ? सरकारी सेवाका कर्मचारी तथा कन्सल्टेनसी सेवा प्रदायक, शिक्षक÷प्राध्यापक हुन वा अनुसन्धानकर्ता? यी सबै समुहले बागवानीको कुन क्षेत्रमा कसरी काम गरेका छन् भन्ने जानकारी आवश्यक छ । सबै विज्ञहरुले आफ्नो विशेषज्ञतालाई हर्टिकल्चर सोसाईटीबाट अनुमोदन गराई उत्पादन तथा विकासमा आपm्नो भूमीका स्पस्ट गर्नु पर्दछ ।
योगदान
हाम्रो फार्म भ्रमणका क्रममा महालेखा परीक्षकको विभागका एक वरिष्ठ अधिकृतले प्रश्न गर्नु भयो“तपाईको फार्मले यो देशमा के कति योगदान गरेको छ ?”आपm्नो योगदान प्रष्ट्याए पछि उहाँमाथि प्रश्नगर्दा उहाँ नाजवाफ हुनु भयो । किनभने सोही समयमा नेपाल सरकारको राजस्वबाट तलवभत्ता र दैनिक भ्रमण भत्तालिएर हाम्रो फर्ममा आउनु भएको थियो । अब यो प्रश्न यो देशका बागवानी विज्ञ माथि आउदैछ । किनभने प्रत्येक वर्ष पचहत्तर वटा जिल्ला कृषि विकास कार्यालय, वागवानी फार्महरु, केन्द्रहरु र अध्ययन संकायहरु मार्फत बागवानीलाई दिइने प्रत्यक्ष तलबभत्ताको आँकडा दश करोड भन्दामाथि छ । अप्रत्यक्ष र किसानका नामबाट गरिने रकमको अंक यो भन्दा निकै ठूलो छ । वर्षेनी गरिने यो खर्चबाट बागवानी विज्ञहरुले देशको उत्पादनमा कति रकम मूल्यअभिवृद्धि गरिरहेका छन् भन्ने तथ्य तुरुन्त सार्वजनिक गर्नु पर्दछ । यो देशको बागवानीको कुल उत्पादन कति हो, सो रकममा पूँजीगत लगानी कति छ ? किसानको लगानी कति हो ? विज्ञहरुको विज्ञताका कारणबाट उत्पादनमा बढेको मूल्य कति हो ? भन्ने कुरा स्पस्ट रुपमा आउनु पर्दछ । साथै आगामी दिनहरुमा कति वर्षमा कति परिर्वतन आउँछ भन्ने कुरा स्पष्ट हुनुपर्दछ । तरकारी, फल, पूmल, कफी, चिया, अलैची अदुवा जस्ता व्यावसायीक बालीहरुमा हालसम्म कति योगदान गरेका छन्, हाम्रा विज्ञहरुले भन्ने मुल्यांकन भएको छ छैन ।अन्यथा राज्यकोषबाट गरिने खर्चको वारेमा प्रश्नचिन्ह उठाउनु पर्दछ । किनभने हामी स्वयं बागवानी कर्म गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजस्वमा रकम जम्मा गरिरहेका छौं ।
शिक्षा र विश्वविद्यालय
पाठ्यक्रमविकास केन्द्रले कक्षा ९ र १० मा केही व्यावसायीक विषयहरु थप्न छलफलका लागि आमन्त्रण गरेकोमा यसको उद्देश्यबारे प्रष्ट पार्दै निर्देशकज्यूले भन्नुभएको थियो “पाठ्क्रमविकास केन्द्रले अभिभावकहरुलाई आगामी दिनमा पाठ्क्रम कस्तो हुनु पर्दछ भन्ने प्रश्नगर्दा जवाफमा अभिभावकको सुझाव थियो हाम्रा बच्चाहरुलाई गरी खान सक्ने र अनुशासित बनाइदेउ । यसलाई सम्बोधन गर्न अब कक्षा ६ देखि नै व्यवसायिक शिक्षा सुरुवात गर्दैछौं ।” ढिलै भएपनि वास्तविकता पहिचान भएछ । तर विश्वविद्यालयले अब कहिले देखि शुरुवात गर्ने ? हाम्रा कृषिका विद्यार्थीहरु परीक्षा र प्रमाणपत्रका लागि पढिरहेका छन् । विश्वविद्यालयहरुले विशेषज्ञ उत्पादनतर्फ होईन कि जागिर खोज्ने ९व्यद क्भभपभच०जनशक्ति उत्पादन गरिरहेका छन् । विषय विशेषज्ञ उत्पादनतर्फ होईन कि सरकारका सबै सेवामा अवसर पाउन सक्ने जनशक्ति उत्पादन गरिरहेका छन् । यदि विश्वविद्यालयको उद्देश्य यो देशको बागवानीका केही योगदान गर्ने हो भने आवश्यक दक्षजनशक्ति उत्पादनमा निर्दिष्ट हुनु पर्दछ । अन्यथा प्रमाण पत्र दिने मात्र उद्देश्य हो भने बागवानी देश भित्र उत्पादन गरेर होइन आयातबाट पुरा गर्न बागबानी बिज्ञहरुबाटै शुरु गरौं ।
शिक्षा प्रदायक संस्थाहरुले किन उद्यमी उत्पादन गर्न सक्दैनन् ? बागवानी क्षेत्रमा कति दक्षजनशक्ति उद्यमी बनी उत्पादनमा लागेका छन् ? यसको लेखाजोखा नगर्ने हो भने उत्पादनमा परिवर्तन सम्भव छैन ।
खेतीगर्ने तरिका÷प्रणाली
परम्परागत कृषि प्रणालीबाट आधुनिकीरणमा प्रवेश गर्न यान्त्रिकीकरण आवश्यक छ भन्ने नारा सबैले उल्लेख गर्ने गरेका छन् । तर यान्त्रिकीकरण भनेको के हो ? यसमा प्रयोग गरिने औजार यन्त्र उपकरण के कस्ता छन् ? प्रयोगविधि र त्यसबाट हुने फाइदा बेफाइदाको बारेमा बागवानी विज्ञहरुले योजनाविद् एवं किसानसम्म प्रस्ट्याउन सक्नुपर्दछ । देश भित्र यस्ता साधनहरुको उत्पादन नभएकोले आयातमा लाग्दै आइरहेको भन्सार, मूल्य वृद्धि कर तथा कृषि सुधार शुल्क लगायतका कर हरुबाट पूजीगत लगानी महँगो पर्दै आइरहेको छ । नेपाल हर्टिकल्चर सोसाइटी र यसका सदस्यहरुले ढिला नगरी संसारमा प्रयोग भइरहेका नयाँ उत्पादन प्रविधि र उपकरणहरु देशमा सहज आपूर्तिको लागि नीतिगत व्यवस्था गर्नु पर्दछ । सरकारी कार्यालयमा हुने विदेश भ्रमणबाट प्रविधिलाई नेपालभित्र भित्राई सरकारका फार्महरुलाई नमूना फार्मको रुपमा रुपान्तरण गर्नु पर्दछ । जसबाट किसानहरुले नमूना फार्महरु सिक्न सक्दछन् । तर विडम्वना वर्तमान सरकारी फार्महरु भ्रमण गर्ने हो भने व्यावसायिक फार्महरु भन्दा धेरै पछाडि र नाजुक अवस्थामा छन् । अहिलेको उत्पादकत्व दरलाई केही वर्ष भित्रै नाटकीय परिवर्तन गर्न नसके काम गरिरहेका बागवानी फार्महरु पेशाबाट पलायन हुनुको विकल्प छैन र नयाँ पुस्तालाई आकर्षक गर्न सक्ने अवस्थापनि छैन । यसकालागि देश भित्र रहेका हर्टिकल्चरिष्टहरुले काम सुरु गर्नेकिआफुनो तलव सुविधामामात्र रम्ने ? बेलैमा विचार पु¥याउने कि? अन्त्यमा कृषक एवं व्यवसायीहरुको पहलमा विद्यमानमा अवलम्लन गरिएका परिवर्तनलाई संस्थागत गर्दै हाम्रा विज्ञहरु आपmनो विज्ञताको विकासमा पाइला चाल्नु जरुरी विषय छ । केहीवर्ष देखि भारत तथा युरोपका बागवानी विज्ञहरु नेपालमा सेवादिन शुरु गरिरहेका छन् । महंगो शुल्क देश बाहिर जानबाट बचाउन अहिलेको कामगर्ने तरिकामा आमुल पविर्तन जरुरी छ ।