स्कुललाई सहयोग

असोज ३,२०७३, उनीहरुको खुट्टामा जुत्ता हुँदैनथ्यो, जाडो महिनामा थरथर काम्दै बिना स्वेटर स्कुल आउनु उनीहरुको दैनिकी थियो । कतिपय बिद्यार्थीहरु आफ्ना भाइ बहिनीहरुलाई साथमा लिएर बिद्यालय आउनुपर्ने बाध्यता थियो । राजधानीको मुटुमै रहेको कागेश्वरी मनहरा नगरपालिका स्थित बाल राष्ट्रिय निम्न मा। बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको वास्तबिक अवस्था हो यो । ५५ बर्ष अगाडि अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलको क्षेत्रभित्र स्थापना भएको यो बिद्यालय अहिले बिमानस्थलको पूर्वी सिमानामा अत्यन्तै कारुणीक अवस्थामा ठिंङ्ग उभिएको छ । तत्कालिन अवस्थामा स्थानीय बासिन्दाले बडो दुखले सिर्जना गरेको बिद्यालय आज छायाँमा परेको छ । बिद्यालयमा बिद्यार्थीहरु खचाखच छन, तर अधिकाँश बिद्यार्थीहरु मजदुर र कामदारका बच्चाहरु छन ।

पुडासैनी मैत्री समाजको अगुवाईमा उक्त स्कुलमा पढ्ने १९१ बिद्यार्थीहरुका लागि असोज १ गते किताब बोक्ने झोला, स्वेटर, जुत्ता र मोजा बितरण गरिएको छ । साथै बिद्यालयका लागि माईक हस्तान्तरण गरिनुका साथै जिर्ण जस्तै रहेको बिद्यालय भवनको बाहिरी र भित्री भागमा रंग रोगन समेत गरिएको थियो । बिद्यार्थीहरुलाई सामग्री हस्तारन्तर गरिनुपूर्व वाग्मती सफाई अभियानको १३६ हप्ताको कार्यक्रमलाई निरन्तरता दिंदै गोठाटार सफाई कार्यक्रमको समेत आयोजना गरिएको थियो । सो अवसरमा स्कुलका बिद्यार्थीहरुले जथाभावी फोहोर नफाल्नका लागि स्थानीयहरुसंग अपिल गरिरहेका थिए ।

पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीको सभापित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी साँसद अम्बिका बस्नेतले वाग्मतीलाई सफा बनाउँदै अब सामाजीक सफाईका लागि परिवर्तन सम्भव छ भन्ने नारालाई घन्काउँदै गरिब र निमुखाहरुको सहयोगमा जुट्नेहरुप्रति आफ्नो उच्च सम्मान रहेको धारणा ब्यक्त गर्नुभएको थियो । बिशिष्ट अतिथिका रुपमा मुख्य वाग्मती अभियन्ता लिलामणी पौडेलले आफ्नो प्रारम्भिक शिक्षा काठको सिलेटमा ढुंगाले लेखेर प्रारम्भ भएको स्मरण सुनाउनु हुँदै बिद्यार्थीहरुलाई थोरैपनि हिनताबोध नराखि पढाईमा दत्तचित्त भएर लाग्न सुझाउनु भएको थियो । उहाँले सफाई अभियानको बारेमा चर्चा गर्नुहुँदै यो स्वाभिमान र आत्मसम्मानको अभियान भएकाले सबैले यस अभियानमा साथ र सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले वाग्मती अभियानको सफलताका पछाडि इमान र अठोटको सम्मिश्रण रहेको धारणा समेत ब्यक्त गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.