आतंकवादी आक्रमणमा १७ भारतीय सेनाको मृत्यु

काठमाडौ, असोज ३,भारत प्रशासित कश्मिरको उत्तरी भेगमा भएको आतंकवादी आक्रमणमा १७ जना भारतीय सेनाको मृत्यु भएको छ ।

चरमपन्थी लडाकुहरुको आक्रमणपछि भएको दोहोरो भिडन्तमा चारजना आतंककारी पनि मारिएका सुरक्षा अधिकारीहरुले जनाएका छन । कश्मिरको बारामुला क्षेत्रमा रहेको सैन्य इलाकालाई लक्षित गर्दै सुरुमा आत्मघाती विष्फोट गराइएको थियो । विस्फोटपछि दोहोरो भिडन्त भएको हो । घटना अझै पनि नियन्त्रणमा आइनसकेको कश्मिरका सुरक्षा अधिकारीले जनाएका छन् । कश्मिरमा दुई महिनायता बढेको तनावमा ८० जनाले ज्यान गुमाइसकेका छन् भने लगातारको कर्फ्युले जनजीवन अस्तव्यस्त बनेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.