छक्का पन्जाले जित्यो दर्शकको मन

काठमाडौँ, असोज ३ । वैदेशिक रोजगारीका विषयमा बनेको हास्य चलचित्र छक्कापन्जा लोकप्रिय बन्दै गएको छ । अघिल्लो शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको कलाकार दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्कापन्जा’ले दर्शकको मन जित्न सफल भएको हो ।
बैदेशिक रोजगारीको कथा भित्रका केही मार्मिक बिषय समेटिए पनि चलचित्र हास्यरसमा बनाइएको छ । चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा देखिन विकृतिलाई औल्याइएको छ । सुदूरपश्चिम क्षेत्रको एउटा गाउँमा केन्द्रित कथाले सोही क्षेत्रको भाषा शैली र संवाद समेटेको छ ।
चलचित्रमा गरिबी र बेरोजगारी तथा समाजमा बढेको अरुको नक्कल गर्ने प्रवृति र बाध्य भएर विदेसिनु परेका युवाका पीडा पनि छ ।
चलचित्रमा चर्चित हास्यकलार हरु दीपकराज गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् । त्यस्तै, आर्यन सिग्देल र निर्देशक निरौलाले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन । चलचित्रले हलभित्र बसुन्जेल गम्भिर बनाउछ पनि र हसाँउछ पनि ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.