डिजिटल मिडियाको दुनियामा आजदेखि औपचारिक रुपमा हामी पनि आएका छौ । सत्य, निष्पक्ष, स्वतन्त्र तथा सन्तुलित सुचना, समाचार र विष्लेषण सहित मतपत्र नेपाल डटकम को माध्यमवाट हामी डिजिटल पत्रकारितामा होमिएका छौ । सत्य,तथ्य र निष्पक्ष पत्रकारितालाई हामी व्यवहारमै देखाउने छौ । हामी पत्रकारिताका माध्यमबाट कुनै गलत गतिविधि गर्ने छैनौ ।
आजको युग सूचना तथा सञ्चारको प्रविधिको युग हो भन्ने स्थापित भैसकेको छ । आमसञ्चारका माध्यम मध्ये पत्रिका, रेडियो, टेलिभिजनले क्रमश समय समयमा आआफ्नो प्रभाव देखाए। प्रविधिको विकाससँगै अहिले अनलाइन पत्रकारिता प्रभावकारी बन्दै गएको छ । सञ्चार क्षेत्रमा आएको परिवर्तनले चेतना र विकास तथा परिवर्तनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । हाम्रो प्रयास पनि त्यही सकारात्मक र इमान्दारिताको पक्षमै हुनेछ ।
नेपालको हकमा त झन लोकतान्त्रिक परिवर्तन र सामाजिक रुपान्तरणमा मिडियाको भूमिका अति महत्वपुर्ण छ । अव विगतमा जस्तो परिवर्तनका लागि र राजनीतिक अधिकारका लागि लड्नुपर्ने छैन । तर मुलुकको सम्वृद्धि र जनताका हकअधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्नु आजको आवश्यकता हो । त्यो काममा मिडियाले सहि र निरन्तर भुमिका निर्वाह गर्नुपर्नेछ ।
सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, जनताको हक–अधिकार र सहि सूचना, निरन्तर हाम्रो प्रतिवद्धता नै हो । त्यसैले अनलाईन पत्रकारीताको बढ्दो भिडमा हामीले चालेका पाईलामा तपाईको पनि निरन्तर सहयोग र सुझाव पाउँने छौ भन्ने विश्वास पनि हामीले लिएका छौ । तपाईको सहयोग र खवरदारीले हामीलाई अघि बढ्न सघाउँने छ ।

धन्यवाद ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.