मतपत्र नेपाल डट कमको शुभारम्भ

बुटवल, असोज ३ । बुटवलबाट सञ्चालित अनलाइन मिडिया मतपत्र नेपाल डट कम’ को सोमबार औपचारिक शुभारम्भ गरिएको छ । न्यू लुम्विनी संचार केन्द्रले अनलाइन पत्रिका शुरु गरेको हो । अनलाइनका सम्पादकमा केशव भण्डारी रहनुभएको छ । शुभारम्भ कार्यक्रममा उहाँले समयको मागअनुसार सत्य, तथ्य र निष्पक्ष पत्रकारिताबाट छिटो सूचना जनता माझ पुर्याउन अनलाइन सञ्चालनमा ल्याइएको बताउनुभयो ।
‘सही सुचना निरन्तर’ भन्ने मुल नारा रहेको अनलाइन उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले अनलाइनलाई बढीभन्दा बढी विश्वसनीय बनाउन सुझाव दिनुभयो । ‘विश्वसनीय र समयसापेक्ष बनाउने हो भने अनलाइन मिडियाको भविष्य उज्वल रहेको बताउदै उहाँले पाठकको विश्वास आर्जन गर्नुनैं अनलाइन मिडियाको अहिलेको चुनौती भएको टिप्पणी गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार डि. आर. घिमिरेले मिडियाको क्षेत्रमा अनलाइन नया प्रयोग भएकाले यसका धेरै चुनौती रहे पनि अवसर उत्तिकै रहेको बताउनुभयो ।
अर्का सल्लाहकार हरि लम्सालले छिटो सूचना दिने नाममा अनलाइनले गलत सन्देश प्रभाव गर्न नहुनेमा जोडदिनुभयो ।
यस्तै महासंघ रुपन्देहीकैं अर्का सल्लाहकार दीपक ज्ञवालीले मुलुकका अधिकांश अनलाइनहरु आर्थिक संकटमा रहेको जनाउ“दै अनलाइन निरन्तर चलाउन कठिन रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्की, प्रेस युनियन रुपन्देहीका अध्यक्ष विक्रम खड्का, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष नारायण भट्टराईलगायतले बुटवलको पत्रकारिता र अनलाइन पत्रकारिताबारे आआफ्ना धारणा राख्नुभएको थियो । अनलाइनका सम्पादक केशव भण्डारीको अध्यक्षता तथा पत्रकार बीपी गौतमको सञ्चालनमा कार्यक्रम भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.