रियाल मड्रिड पनि १६ खेलमा विजयी

काठमाडौ,असोज ३, स्पेनिस लिग ला लिगामा रियाल मड्रिडले  लगातार १६ खेलमा जीत हात पारेको छ । यो जीतसँगै रियाल मड्रिडले  पनि बार्सीलोनाको नाममा रहेको किर्तिमान बराबरी गरेको छ । गएराती भएको खेलमा स्पानियोल विरुद्ध दुइ शुन्यले विजयी भएपछि रियालले किर्तिमानमा साझेदारी गर्न सफल भयो ।  गत सिजन अन्तिम १२ खेलमा अपराजित रहेको रियालले यो सिजन अहिले सम्म खेलेका चार खेलमा पनि हार बेहोरेको छैन् । बार्सीलोनाले सन २०१०-११ को  सिजनमा लगातार १६ खेलमा जीत हात पारेको थियो । स्पानियोलको मैदानमा भएको खेलमा रियालको जीतमा जेम्स रोद्रिगुइज र करिम बेन्जिमाले गोल गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.