एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी घोषणा

बुटवल,असोज ३,  फुटवल प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व कप्तान उपेन्द्रमान सिंहले अखिल नेपाल फुटवल संघ एन्फाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । आज काठमाडौमा पत्रकार सम्मेलन गरी उपेन्द्रमानले उम्मेदवारी घोषणा गरेका हुन । उनले नेपाली फुटवलको विकासका लागि ब्यबस्थापनमा रहेर आफुले काम गर्न चाहेको र त्यसैका लागि उम्मेदवारी घोषणा गरेको बताए । सार्वजनिक रुपमा एन्फाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्ने उपेन्द्रमान पहिलो हुन् । उपेन्द्रलाई राष्ट्रिय फुटवल प्रशिक्षक संघ, अखिल नेपाल फुटवल खेलाडी संघ र राष्ट्रिय फुटवल रेफ्रि  संघको समर्थन छ । उपेन्द्रमानले सन २००० देखी २००५ सम्म कप्तानको भुमिका निर्वाह गरेका थिए । नेपालले १९९३ को दक्षिण एशयिाली खेलकुदमा स्वर्ण जित्दा उपेन्द्रमान टिमका महत्वपुर्ण सदस्य थिए । ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त रहेको बरिष्ट उपाध्यक्ष पद र अध्यक्ष पदका लागि कात्तिक ८ गते निर्वाचन हुदैछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.