बुटवल,असोज ३, कश्मिरमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतले आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाएको छ भने पाकिस्तानले आधाररहित र अपरिपक्व भन्दै भारतीय आरोपको खण्डन गरेको छ । आइतवार कास्मिरमा भएको आक्रमणमा सत्र जना सैनिकको ज्यान गएको थियो । भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै पाकिस्तान आतंकवादी राष्ट्र भएको र आतंकवाद र आतंकवादी समूहलाई पाकिस्तानले गर्दै आएको प्रत्यक्ष सहयोगले आफू निराश भएको उल्लेख गर्नुभएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिज जकारियाले जुनसुकै घटनामा पाकिस्तानमाथि औंला ठड्याउनु भारतको परम्परागत सोचको उपज भएको प्रतिक्रिया दिनुभएको छ । भारतीय सेनाले आक्रमणकारीसँग पाकिस्तानी सामान भेटिएको भन्दै उनीहरु पाकिस्तानी आतंकवादी समूह जैस ए मोहम्मदका लडाकु भएको दावी गरेको छ । भारत प्रशासित कश्मिरमा सेनाको कारबाहीमा एकजना पृथकतावादी नेता मारिएपछि फैलिएको हिंसामा ८० जनाले ज्यान गुमाइसकेका छन् । निरन्तरको कर्फ्युले यहाँको जनजीवन कष्टकर बनेको छ । एजेन्सीको सहयोगमा