काठमाडौ,असोज ३

संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलनमा उत्रिएका मधेश केन्द्रित दलहरुको बिवाद तिव्र रुपमा बढेको छ ।संविधानले मधेशका मुद्धा सम्वोधन नगरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएका ती दलहरु संविधान दिवससम्म आइपुग्दा भने संगै समेत बस्न नसक्ने अवस्थामा पुगेका छन । संविधानको विरोध गर्दै कालो दिनको संज्ञा दिएर प्रदर्शनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धन आबद्ध राजनीतिक दलले विरोध कार्यक्रम समेत छुट्टाछुट्टै गरे । संविधान संशोधनको माग गर्दै विगतमा संयुक्त आन्दोलन गर्दै आएका मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा र संघीय गठबन्धनले रत्नपार्कमा विरोध सभा आयोजन गरेपछि विवाद सतहमै देखिएको हो । रत्नपार्कमा गठबन्धनको नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाललगायतका आदिवासी जनजाति सम्बद्ध दल थिए भने माइतीघर मण्डलामा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत दलका नेता सहभागी थिए । ती दलहरुले मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन गरेर संविधान संशोधन गर्न ढिलाइ भइरहेको भन्दै सरकारको आलोचनासमेत गरे । मोर्चामा आबद्ध नेताहरुले फेरि आन्दोलन हुने अवस्था आउन नदिन प्रमुख दल जिम्मेवार हुनुपर्ने भन्दै काँग्रेस-माओवादी गठबन्धन सरकारले मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन गर्न माग गरे ।

प्रकाशित : २०७३ असोज ३, ६:३५ बजे, बेलुका

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.