राष्ट्र संघको ७१ औं महासभा शुरु

काठमाडौ,असोज ३

संयुक्त राष्ट्र संघको ७१ औं महासभा शुरु भएको छ । न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा शुरु महासभामा सहभागि हुन विश्वभरिका शिर्षस्थ नेता न्यूयोर्क पुग्ने क्रम छ । विश्वभरबाट झण्डै १ सय ४० मुलुकका राष्ट्र प्रमुख यसपटकको महासभामा सहभागि हुने अनुमान गरिएको छ । महासभामा यसपटक विश्वमा बढ्दो शरणार्थी संकट, गरिवी तथा भोकमरी, उत्तर कोरियाको आणविक बिकाश र वातावरणमा परिरहेको असरवारे मुख्य छलफल हुदैछ । अहिले सिरिया, इराक, अफगानिस्तान र अन्य केही द्वन्दरत मुलुकका शरणार्थीको ब्यवस्थापन पश्चिमा मुलुकका लागि टाउको दुखाइ बनिरहेको छ । यस्तै, ७१औं महासभा महासचिवका रुपमा बान की मुनको अन्तिम महासभा हुनेछ । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि अमेरिकाको राष्ट्रपतिका रुपमा महासभामा अन्तिम पटक सहभागिता जनाउदै हुनुहुन्छ ।

प्रकाशित : २०७३ असोज ३, ६:४० बजे, बेलुका

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.