बुटवल, असोज ३

सरकारले ‘नेपाल औषधि लिमिटेड’ लाई तत्काल सञ्चालनमा ल्याएर औषधि उत्पादन शुरु गर्ने भएको छ । एक सय २० प्रकारका औषधि उत्पादन क्षमता राख्ने यो संस्था २०६७ सालदेखि बन्द छ । उद्योग मन्त्रालयले कम्पनीको अहिलेकै भौतिक संरचनालाई प्रयोग गरी आठ प्रकारका औषधि उत्पादन गर्ने जनाएको छ । त्यसका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण दिनेछ। उद्योग मन्त्रालयले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।कार्यक्रममा उद्योग मन्त्री नविन्द्रकराज जोशीले सरकारले निशुल्क वितरण गर्दै आएको सिटामोल लगायतका ८ प्रकारका औषधी छिट्टै शुरु गर्ने र कम्पनीमा निजी क्षेत्रलाई समेत सहभागी गराउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । नेपाल औषधि लिमिटेड पुनः सञ्चालनका लागि पुष्कर बज्राचार्यको संयोजकत्वमा सात सदस्यीय समिति समेत बनाइएको छ ।

प्रकाशित : २०७३ असोज ३, ७:०० बजे, बेलुका

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.