संविधान सवैले मान्नुपर्छ-ओली

बुटवल, असोज ३

नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सवैले पालना गर्नुपर्ने बताउदै अहिले देश बाहिरबाट खटाइएका चार जनाले मात्र संविधान मन नपराएको दाबी गर्नु भएको छ । युव संघ भक्तपुरले संविधान दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले ९२ प्रतिशत जन प्रतिनिधिको बहुमतले पारित नेपालको संबिधान कसैले नमान्ने भन्दैमा संशोधन हुन नसक्ने बताउनुभयो । संविधान भनेको मान्ने नमान्ने बिषय नभएर सवैले पालना गर्नुपर्ने देशको मुल कानुन भएको समेत ओलीको भनाइ थियो । यसैगरी आजै एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको बसन्तपुरमा आयोजना गरेको संविधान दिवसलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकार संविधान कार्यान्वयन भन्दा कसैको एजेण्डाको पछि दौडिन खोजेको आरोप लगाउनुभएको छ ।

प्रकाशित : २०७३ असोज ३, ७:०१ बजे, बेलुका

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.