तास खेलेको भन्दै पक्राउ

बुटवल असोज ४,प्रहरीले तास खेलेको भन्दै रुपन्देहीको बुटवलबाट पाँच जनालाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका वडा नं.१३ स्थित तिलोत्तमा स्टिल एण्ड फाईबर ईन्डट्रिजमा  तास खेल्दै गरेका ब्यक्तिहरुबाट नगद ३८ हजार ३ सय रुपिया समेत वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बुटवल उप महानगरपालिका वडा नं.९ बस्ने अनिल श्रेष्ठ, वडा नं. १३ बस्ने दिपक अधिकारी, सोही ठाँउका भबिन्द्र कुंवर तथा  बुटवल  वडा नं. १३ बस्ने राजेन्द्र कार्की र सोही ठाउ बस्ने श्रीधर बि.क रहेका छन  । उनीहरुमाथि जुवा मुद्दामा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलले विज्ञप्ति जारी गरि जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.