राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता

राकेश कुमार शर्मा

प्रधानमन्त्री,मन्त्रीहरु, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु,सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानी रहेको र पालना नगरेको अवस्था छ । यसकारण नेपालमा संविधान सभाबाट वि.सं. २०७२ साल असोज ०३ गते जारी संविधान अलपत्र परेको छ । ¬¬जस्तैः २५ जना भन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्रीमण्डल विस्तार गरेका छन् ।  संविधानसभा नै बहिष्कार गर्ने जलाउनेहरुलाई पनि सरकारमा सहभागि गराएका छन् ।

सत्ता पनि भागबण्डा गरिएको छ । सत्तालिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?  त्यसैले विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ ।

विश्वको एक मात्र हिन्दु राष्ट्र  रहेको नेपाल हाम्रो मुलुक थियो । धर्म निरपेक्षता लादियो । यसरी वि.सं. २०६२÷२०६३ सालमा नेपालीहरुको धर्म माथि त प्रहार भयो नै अब संस्कार, संस्कृति र भाषा माथि पनि प्रहार हुँदैछ । विध्यार्थीलाई विद्यार्थी, विदयुतलाई विधुत नेपालीहरुलाई शुद्ध भाषा बोल्न र लेख्न नदिने, लिपी नै परिवर्तन गराई दिने, व्याकरण लेस गराइ दिने जस्ता चलखेल र षडयन्त्र हाम्रो मुलुकमा भइरहेको छ ।

हामी आम नेपाली नागरिकहरुको विवेक, बुद्धि, ज्ञान र सचेतना कहिले आउने हो । हामी आम नागरिकहरु धनी छौं। तर हाम्रो मुलुक गरिब छ र सम्पन्न छैन । नागरिक र व्यक्तिहरु जति धनी भएपनि काम छैन । मुलुक धनी र सम्पन्नन हुनुपर्दछ । हाम्रो मुलुकमा आउने दिनहरुको भविष्य ठिक देखि रहेको छैन । मुलुकमा थप जटिलता आउने हो की ? खतराको संकेत महसुस भइरहेको छ  ।

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरुबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु पनि छौं । हामी नागरिकहरुले २१ औं शताब्दीमा आएर पेट्रोलियम पदार्थहरु र ग्याँसको  दुःख र सास्ती जीवनमा व्यहोर्नु पर्ला कहिले सोचेका थियौं । यस्तै अवस्था मुलुकको रहिरहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ?सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलामा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।  यसैगरी दोस्रो संविधान सभाबाट वि.सं. २०७२ साल असोज ३  गते संविधान जारी पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको र द्वन्द्वको अन्त्य गर्न नसकेकोले मुलुकमा थप जटिल परिस्थिति र मुलुक जर्जर अवस्थामा रहेको छ ।संक्रमणकाललाई हटाउन नसकेको मुलुकमा अराजकता र अस्थिरता जस्ता समस्याहरु देखिएका छन् । यस समस्याहरुलाई सुल्झाउन, मुलुकलाई निकास दिन नसकेको र अनिर्णयको बन्दी बनाइराखेकोले नेपालमा राजनीतिक दलहरुको सरकार, सांसद र नेताहरु मुलुक चलाउन र मुलुकलाई निकास दिन असफल भएकाले अब नेपालमा मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज  पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र तथा जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ ।पुर्वाञ्चल विकाश क्षेत्र, मध्यमाञ्चल विकाश क्षेत्र, पश्चिमाञ्चल विकाश क्षेत्र, मध्यपश्चिमाञ्चल विकाश क्षेत्र र सुदुरपश्चिमाञ्चल विकाश क्षेत्र यी ५ वटा विकाश क्षेत्रलाई प्रदेशको नाम राखेर विकेन्द्रिकरण गरिनुपर्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.