सिल्क रोडको महत्व बढ्दो–सभामुख

बुटवल, असोज ४ सभामुख ओनसरी घर्तीले सिल्क रोडले सम्वन्धित मुलुकहरुबीचको सांस्कतिक आदान प्रदान, आर्थिक सहकार्य र मित्रतालाई थप उचाईमा पु¥याउने विश्वास ब्यक्त गर्नुभएको छ । चीनको गान्सु प्रान्तमा शुरु भएको सिल्क रोड सम्बन्धि एक्स्पोलाइ नेपालका तर्फबाट सम्वोधन गर्दै सभामुख घर्तीले चीनको हान डाइनेष्टी देखि प्रयोगमा आएको सिल्क रोड विभिन्न मुलुकहरुबीच संस्कृति, आर्थिक तथा व्यापारिक सम्बन्धको आधार बन्दै आएको उल्लेख गर्नुभयो । सिल्क रोड विश्व सम्पदा सूचिमै सूचिकृत हुनुले यसको महत्व प्रस्ट पारेको भन्दै उहाले सिल्क रोड एक्स्पोले प्राचिन समयदेखि रहदै आएको सो सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई पुनः एक पटक जोड्ने काम गरेको बताउनुभयो ।  एक्स्पोलाई नेपालले एकआपासमा सहकार्य, समझदारी तथा मित्रता अभिवृद्धी गर्ने कुटनीतिक प्रयासको रुपमा लिएको पनि सभामुखको भनाइ थियो । आपसी सिमाना जोडिएको नेपाल र चीनकाबीचमा विगत लामो समयदेखी ऐतिहासिक सास्कृतिक र द्धिपक्षीय सम्वन्ध रही आएको भन्दै उहाले चीनले नेपालललाई गर्दै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा समते निरन्तरता पाउने अपेक्षा गरेको बताउनुभयो । सिल्क रोड एक्स्पोमा विश्वका ८५ देशका १५ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालका तर्फबाट सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री बर्षमान पुन संसद सचिवायलका महासचिव मनोहरप्रसाद भट्टराई लगायतको सहभागिता छ । सभामुख घर्ती शनिवार नेपाल फर्कने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.