प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीभित्रै आलोचना

काठमाडौं । असोज ४,नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका कतिपय विषयले विवाद देखिएको भन्दै आलोचना गरेका छन । माओवादी केन्द्रीय कार्यालयको लाजिम्पाटमा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा गरेको हो । बैठकमा केही सदस्यले २५ बुदे बक्तव्यका केही बुँदामा नेपालको हित र स्वाभिमानबारे प्रश्न उठाएको श्रोतले बतायो ।
तर माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भने केन्द्रीय कार्यालयका सदस्यहरुले भ्रमणबारे आफ्नो प्रतिक्रिया राख्नुभएको र बैठकले प्रधानमन्त्रीको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्धमा थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुल्ला व्यापार गर्ने गरी खुल्ला मार्केटको अवधारणामा पिटिए भएको, भूकम्पको पूनर्निर्माणमा भारतले थप सहयोगको घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको  विषयलाई भ्रमणका मूख्य उपलब्धिको रुपमा निष्कर्ष निकालेको माओवादीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.