राजनीतिक स्वार्थसहित चन्दा असुलीका लागि विद्यालयमै बम विष्फोट

बुटवल,असार ४, राजनीतिक स्वार्थ पुरा गर्न विद्यालयमै वम विष्फोट गराउने र कतै शंकास्पद बस्तु र पर्चा राखेर आतंक मच्चाउने खेल फेरी शुरु भएको छ । विगतमा  पनि केही दलका विद्यार्थी संगठनले चन्दा असुलीका लागि यस्तो गलत काम गर्ने गर्थे । मंगलवार विहानै राजधानीका केही निजि स्कुलमा बम पड्काउने र केहीमा शंकास्पद बस्तु राखेर विद्यालय क्षेत्रलाई आतंकित बनाउने अक्षम्य गतिविधि पनि राजनीतिक स्वार्थकै लागि भएको छ ।

तर उनीहरुले आफ्ना पर्चामा भने विद्यार्थी र अभिभावकको हितका लागि भन्दै विभिन्न माग देखाउँछन । मंगलवार बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोटन गराउने र जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कञ्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसेर कुकर बम र शङ्कास्पद वस्तु राख्नुको लक्ष्य पनि संगठनका नाममा पैसा उठाउनु नै रहेको हाल माओवादी केन्द्रमा रहेका एक नेताले बताए । आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने-विगतमा हामीले पनि संगठनलाई आर्थिक सहयोग माग्न विभिन्न उपाय गर्थ्यो ।

तर जनताले सविधान बनाइसकेको र राजनीतिक अधिकार प्राप्त भैसकेको अवस्थामा विद्यालय र विद्यार्थीलाई आतकित बनाउनु हुन्न । जनताबीच गएर नै राजनिति गर्नुपर्छ, अहिलेको वमको संकेत पैसा उठाउन नै हो जस्तो लाग्छ त्यो गलत हो – उनले भने । बिद्यालयलाई आतंकित बनाउने घटनाको सवैतिर निन्दा र विरोध भएको छ ।विद्यालयलाई आतंकित बनाउनेराजधानीका आधा दर्जन विद्यालयमा विष्फोटक पदार्थ राखेर आतंक मच्चाउने मध्ये दुइ जना पक्राउ पनि परेका छन् । महानरीय प्रहरी काठमाडौले चन्द्रबहादुर तामाङ र शंकरबहादुर लाखेलाई बौद्धबाट समातेको हो ।

उनीहरूले आफूहरू आफूहरू अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता भएको र बम बनाउन ‘माओवादी जनयुद्वमा रहदै सिकेको’ बताएको पनि प्रहरीले दावी गरेको छ । पक्राउ गरिएका दुवै जनाले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।  उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोटन गराएका थिए ।  विस्फोटमा कुनै मानवीय क्षति नभएपनि विद्यालयका भौतिक संरचनामा भने सामान्य क्षति पुगेको छ। काठमाडौं प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिक्रमसिंह थापाले घटनाबारे थप अनुसन्धान भैरहेको र चाडै घटनाको सबै विवरण सार्वजनिक गर्ने बताउनुभयो । मंगलवार विहान विद्यालयमा बम राख्ने समुहका केही यस अघि पनि बिद्यालयमा आगजनीको अभियोगमा पक्राउ परेका थिए । तर लगत्तै छुटेका थिए ।

बम र शंकास्पद बस्तु राख्ने केन्द्र र फोर्सका कार्यकर्ताले छाडेको पर्चामा निजी विद्यालयले वार्षिक दुई लाख ४० हजार भन्दा कम आय हुने तथा चलअचल सम्पत्ति रु २० लाख भन्दामुनि हुने अभिभावकका छोराछोरीलाई निःशुल्क पठाउनुपर्ने, निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निजी विद्यालयले तोकेको स्थानबाट शैक्षिक सामग्री तथा ड्रेस किन्नुपर्ने बाध्यतालाई तुरुन्तै अन्त्य गर्नुपर्ने, आर्थिक अभावका कारणबाट शिक्षाबाट वन्चित हुने व्यवस्था अन्त्य हुनुपर्ने लगायतका आठ सुत्रीय माग राखिएको छ ।

दोषीलाई कारवाही नभए आन्दोलन

यसैबीच निजी विद्यालय संचालकका संघसंस्थाहरुले आकस्मिक बैठक बसेर दोषीलाई कारवाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । उनीहरुले विद्यालय क्षेत्रलाई सुरक्षा दिन पनि सरकारसँग माग गरेका छन । हिसान, प्याब्सन र एन प्याब्सन ले विज्ञप्ति मार्फत पनि विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.