अख्तियारले कि हामी सवै नेताहरुलाई लानुपर्यो की मिलाउनुपर्यो –प्रधानमन्त्री

बुटवल,असोज ४ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुर्व लडाकुहरुको शिविरमा भएको भनिएको अनियमिताबारे छानविन नगर्ने वातावरण मिलाएको बताउनुभएको छ । माओवादी केन्द्रको मंगलवार बसेको कार्यालय बैठकमा शिविरको छानविनको प्रसंग उठेपछि प्रधानमन्त्री दाहालले लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि बढाए अख्तियारले पार लगाउन नसक्ने बताउनुभएको श्रोतले जनाएको छ । अख्तियार छानविन अघि नवढाउन तयार भएको पनि उहाले जानकारी गराउनुभएको थियो । नेताहरुलाई छानविन प्रकरणबारे व्रिफिङ् गर्दै दाहालले – दुइटा विकल्प छन त्यसमा कि अख्तियारले हामी सवै नेताहरुलाई लानुपर्यो की अफ्नै कमजोरी भएको देखाएर बिषय मिलाउनुपर्यो । त्यसैले मिलाउने कुरातिरै अघि बढ्छ भन्नुभएको बैठकमा सहभागि एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने । त्यो बिषय बैठकमा छलफल भएको हैन उहाँले व्रिफिड् गर्नुभएको हो ति नेताले भने । भारत भ्रमणमा हुँदा आफुलाई त्यसवारे थाहा नभएको र अहिले कुरा पहल भैरहेको भनेर प्रधानमन्त्री दाहालले व्रफिग गरेपछि सो विषय अघि बढेन । त्यसबारे थप छलफल भएन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको शुक्रबार पत्रकार सम्मेलन नै गरेर माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय भएको भन्दै पदाधिकारीलाई सोधपुछ थाल्ने बताएको थियो । तर माओवादीको मंगलवारको बैठकमा छानविनबारे कुरा नएको प्रवक्ता पम्फा भुसालले दावी गर्नुभयो । उहाले पुरानो बिषय भन्दै बैठकले प्रधानमन्त्रिको भारत भ्रमण सफल भएको निष्कर्ष निकालिएको बताउनुभयो ।

यसैवीच बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको संयुक्त बक्तव्यका कतिपय बिषय राष्ट्रहित विपरित भएको भन्दै विरोध जनाउनुभएको बताइएको छ । तर प्रधानमन्त्री दाहालले पुरानै सरकारका पालाको निर्णय हो भनेपछि नारायणकाजी श्रेष्ठले चित्त बुझाउनुभएको एक नेताले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.