क्याक म्याराथनको उपाधि सोमबहादुरलाई

नवलपरासी, असोज ५ । नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय क्याक म्याराथन प्रतियोगिताको उपाधि तनहुँका सोमबहादुर मगरले हात पारेका छन् ।मङ्गलबार जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दूरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडि पार्दै मगरले उपाधि कब्जा गरेका हुन् । उनले निर्धारित दूरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए । नेपाल याफटिङ एन्ड क्यान्डिङ एसोसियएन नवलपरासीको आयोजनामा नारायणी नदीमा भएको प्रतियोगितामा तनहुँकै खेमबहादुर थापा दोस्रो, चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहुँका भरत गुरौं चौथो र चितवनका नवीन गुरुङ पाँचौँ भए । प्रतियोगिताका उत्कृष्ट पाँचजनालाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले क्रमशः १५ हजार, १२ हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद र पदक प्रदान गर्नुभएको थियो । रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.