नेपाली भाषा बचाउन अदालतमा उजुरी

काठमाडौँ, असोज ५ । नेपाली भाषा बचाउ अभियान २०७२ का संयोजक डा बलदेव शर्मा अधिकारीले सर्वोच्च अदालतमा परिवर्तित वर्णविन्यासका नियम, त्यसअनुसार प्रकाशित सामग्री बदर गर्न माग गर्दै उत्पे्ररण परमादेशको आदेश जारी गरिपाउँ भनी निवेदन दिनुभएको छ ।उहाँले निवेदनमा १९९८ को मानव शब्दकोशअनुसार मूल लिपि र वर्णविन्यास रहने गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणलाई विकल्प मानी तदनुसारको लिपि र वर्णविन्यास लागू गर्न गराउन माग गर्नुभएको छ ।उहाँले दिएको निवदेनमाथि बुधबार नै पेशी राखिने बताइएको छ । उक्त निवेदनमा नेपाल सरकारलगायत १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाइएको छ ।यसअघि अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले पनि सोही विषयमा दायर गर्नुभएको निवदेनमा पनि डा अधिकारीको शोधप्रबन्ध तथा उहाँले तयार गर्नुभएको अभियान २०७२ को अवधारणापत्रलाई नै प्रमाण मानिएको थियो । सो निवेदनमा नेपाल सरकार, शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाइएको थियो । रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.