गम्भिर अपराधमा कसैले उन्मुक्ति नपाउने

काठमाडौं। असोज ५,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भिर प्रकृतिका अपराधमा कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति लिने पनि दावी गर्नुभयो । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरिएको स्मरण गर्दै उहाँले सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुगेकोले अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु-याउन ढिलाई गर्नु नहुने उल्लेख गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.