चिनियाँ कम्पनीलाई काबेली ‘ए’ निर्माणको जिम्मा

पाँचथर, असोज ५ । काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरेपनि विवादका कारण अघि बढाउन सकेको थिएन । दसैँ लगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछन् । आयोजना प्रमुख श्रेष्ठकाअनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ ।
कुल रु १० अर्ब लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकल तर्फको काम सुरु हुनेछ । यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।
हाल आयोजनामा पूर्वाधार विकासतर्फको काम भइरहेको र आयोजना प्रभावित क्षेत्र पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङेल्याङ गाविसमा सडक निर्माणको काम पनि अन्तिमचरणमा पुगेको बताइएको छ । रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.