ओखर व्यापारमा आकर्षण

डडेल्धुरा, असोज ५ । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारी अहिले ओखरको व्यापारमा लागेका छन् ।
खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यापार गर्दै आउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ ।
स्याउलेका अधिकांश व्यापारीले आजभोलि ओखरबाट दैनिक रु एक हजारसम्म कमाइ गर्ने गरेका छन् । ओखर बिक्री गर्न जिल्लाका विभिन्न गाउँ तथा वैतडीका खोड्पे, पाटन, तल्लिसोराड, गाजरीलगायत क्षेत्रबाट सर्वसाधारण यहाँ आउने गरेका छन् । रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.