एमाले केन्द्रीय कमिटीमा प्रधानमन्त्री दाहाललाई कुरौटेको संज्ञा

काठमाडौं, असोज ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुरौटेको संज्ञा दिनुभएको छ । एमाले केन्‍द्रीय कमिटीको बुधवारदेखि शुरु बैठकमा बोल्दै अध्यक्ष ओलीले दिल्ली पुगेर प्रधानमन्त्री दाहालले भारत भ्रमणका बेला दिल्लीमा ‘कुरा लगाएको’ आरोप लगाउनुभयो । दाहाल दिल्लिमा एमाले विरुद्ध खनिएको भन्दै ओलीले आफुलाई मन नपर्ने ब्यक्ति र दलहरु बिरुद्ध प्रधानमन्त्रीले कुरा लगाएको टिप्पणी छ । देशको प्रधानमन्त्रीले छिमेकी मुलुक गएर मुलुकका दल र ब्यक्तिहरुको आलोचना गर्नु कुटनितिक मर्यादा विपरित भएको ओलीको भनाई थियो । ओलीले सरकार चुनाव नगराउने खेलमा लागेको पनि दावी गर्नुभयो । सरकारबाट बाहिरिएपछि पहिलो पटक शुरु भएको केन्द्रीय कमिटी बैठकमा ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक बेइमानी गरेको, भारतीय नाकाबन्दी इतिहासकै विडम्बना भएको लगायतका बिषय उल्लेख गर्नुभएको छ । यसैगरी अध्यक्षको प्रतिवेदनमा सरकार परिवर्तनपछिको राजनीतिक अवस्था, छिमेकीसँगको सम्बन्ध तथा पार्टीको आगामी भूमिका लगायतका विषय समेटिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.