जनचेतनामुलक कार्यक्रम संचालन

बुटवल,असोज ५ । ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको आयोजनामा लागूऔषध दुर्ब्यसनी,र चाड पर्वको अवसरमा हुन सक्ने चोरी डकैती सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।  सैनामैना नगरपालिका वडा नं.८ स्थित रामापुर उ.मा.बि. र गजेडी उ.मा.बि.को प्राङगणमा आयोजना गरिएको कार्यक्रममा र महिला हिंसा अन्त्यबारे पनि जानकारी गराइएको थियो । प्रहरी मेरो साथि भन्ने मूल नाराका साथ  भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी तथा स्कूलका शिक्षक र बिद्यार्थी गरी ३ सय भन्दा बढीको  सहभागिता रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.