गेसोमा २७ बर्षपछि नेतृत्व परिर्वतन

काठमाडौं ः गोर्खा सैनिकहरुको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को २७ बर्षपछि नेतृत्व परिर्वतन भएको छ । गेसोको दोस्रो साधारणसभाबाट वरिष्ठ उपसभापति कृष्णकुमार राई सर्बसम्मत रुपमा सभापतिमा चयन भएका हुन् ।

बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न साधरणसभामा स्थापनाकाल देखिका सभापति पदमबहादुर गुरुङले राईलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । २०४७ साल असार २७ गते गुरुङको सभापतित्वमा स्थापना भएको थियो । नयाँ कार्यसमितिमा ७ जना उपसभापति चुनिएका छन् जसमा धर्मबहादुर तामाङ, मणिकिरांत बान्तवा राई, जीतबहादुर राई, भक्तबहादुर गुरुङ, श्रीमति कमला गुरुङ, क्षेत्रकला राई र तीर्खबहादुर पुन छन् ।

यसैगरी महासचिवमा दशरथ राई, सचिव ओमबहादुर गुरुङ (माइला), सहसचिव रगप्रसाद पूर्जा, कोषाध्यक्ष देवीमाया पुन र सह– कोषाध्यक्षहरुमा श्रीमति लालकुमारी गुरुङ र श्रीमति कुसुम तामाङ चुनिएको निर्वाचन समिति प्रमुख डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए । गेसोले डा. गुरुङलाई प्रमुख सल्लाहकार नियुक्त गरेको छ । निर्वाचन एवं विधान संशोधन समिति प्रमुख डा. गुरुङका अनुसार गेसो केन्द्रीय कार्यसमिति १ सय २९ सदस्यीय बनेको छ । सभापतिमा चुनिएपछि राईले सभापति गुरुङले गोर्खा आन्दोलनका लागि लिएको रणनीति र कार्यनीतिलाई निरन्तरता दिने बताए । त्यही अनुरुप गोर्खा आन्दोलनको नयाँ योजना तत्कालै सार्वजनिक गरेर अघि बढ्ने उनको भनाई छ ।गेसोले २०४७ सालदेखी यता निरन्तर सडक, सदन र अदालतमा आन्दोलन गर्दै आएको छ । आवसीय अधिकार, जापनी युद्ध बन्दीलाई क्षतिपूर्ति, कार्यरत सैनिकहरुलाई समानअधिकार लगायतका यो आन्दोलनको प्राप्ती हो ।

को हुन् राई ?

२०१८ सालमा भोजपुरको सम्पाङ्ग–९ मा जन्मिएका राई २०३६ सालमा बेलायती सेनामा भर्ती भएका थिए । २०३४ सालमा अरुण माध्यमिक विद्यालय दिङ्गलाबाट २०३४ सालमा एसएसली पास गरेर भोजपुर बहुमुखी क्याम्पसमा अध्यानरत रहदा बेलायती सेनामा भर्ती भएका थिए । बेलायती सेनामा कार्यरत रहदा समेत गोर्खा आन्दोलनलाई सघाएका राई पेन्सन आए लगत्तै गेसो आन्दोलनमा लागेका थिए ।

२०५३ साल कार्तिक २१ गते गेसोको सचिवको जिम्मेवारी सम्हालेका राई २०५७ सालमा उपसभापतिमा चयन भए । २०६५ मा भएको गेसो महाधिवेशनबाट उनी पुन उपसभापति पदमा निर्वाचित भए । यस अघि ३१ अक्टुबर २०१५ मा वरिष्ठ उपसभापतिमा छानिएका थिए । उनले दुई दसकभन्दा बढी निवर्तमान गेसो सभापति पदमबहादुर गुरुङको ‘दाहिने हात’ भएर काम गरे । उनी गोर्खा समुदायमा, इमानदार र निष्ठावान् नेताका रुपमा परिचित छन् । अब गोर्खा आन्दोलनलाई नयाँ शिराबाट लैजानुपर्ने बताउँदै आएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.