पैचोको प्रशोधन केन्द्र संचालनमा

बुटवल, ५ असोज । कृषिलाई आधार मान्दै खुलेको पैचो पसलले औपचारिकरुपमा आफ्नो प्रशोधन केन्द्र संचालनमा ल्याएको छ ।

गुल्मीको रिडीमा स्थापना गरिएको पैचोको प्रशोधन केन्द्रको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । केन्द्रको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले उद्योग संगै पैचोका कर्मचारीहरुको भबिश्य पनि सुनिश्चित गराउंदै लगिने बताउनुभयो । उहांले पैचो आर्थिक फाईदा भन्दँ सामाजीक दाईत्व बोकेर स्थापना भएको भन्दै समाजका हरेक कदममा पैचोको सहकार्य हुने बताउनुभयो ।

पैचो पसलका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले पैचोलाई राष्ट्रिय स्तरको उद्योग बनाउंदै राष्ट्रिय अर्थतन्त्रलाई सघाउने पैचोको लक्ष रहेको बताउनुभयो । उहांले पैचोले बिदेशीएका युवाहरुको भन्दा बढी स्थानीय महिलाहरुको आम्दानी बृद्दी गराएर बिदेश पलायनलाई रोक्ने दाबी गर्नुभयो ।

पैचोका कृषि बिभाग प्रमुख गोबिन्द अधिकारीले आगामी वर्ष सम्म गुल्मी र पाल्पाका कृषकहरुको उत्पादन दोब्बर पुर्याईने बताउनुभयो ।

पैचो पसलले गुल्मी पाल्पा र अर्घाखांचीका किसानहरुको कृषि उत्पादन बजार सम्म पु¥याउने र किसानहरुलाई आवश्यक पर्ने हरेक समान उपलब्ध गराउंदै आएको छ । यसै वर्ष देखी पहाड र उच्च पहाडमा उत्पादीत खाद्य वस्तु , फलफुल र तरकारीलाई प्रशोधन गर्दै ६५ प्रकारका खाद्य उत्पादनहरु बजारमा ल्याउने गरि प्रशोधन केन्द्र संचालन गरिने पैचो पसलले जनाएको छ ।

कार्यक्रममा पैचो पसलका संचालक कपिल अधिकारी , केशव न्यौपाने , लगानीकर्ता धाता भण्डारी लगायतले बोल्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.