बुटवलमा सस्तो दशैं बजार सञ्चालन हुने

बुटवल, ५ असोज । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा यही असोज १५ गतेदेखि २० गतेसम्म बुटवलमा सस्तो दशैं बजार सञ्चालन गर्ने भएको छ ।

संघ सचिवालय परिसरमा आयोजना हुने दशै बजार व्यवस्थापनका लागि संघले कार्य समिति सदस्य बिमलराज भट्टराइको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यमा बाबुराम बिक, नरिश्वर पौडेल, भेषराज गैरे, लोकनाथ पाण्डे,जगन्नाथ न्यौपाने, काचेशलराज गैरे, शंभु श्रेष्ठ र दिनेश घिमिरे रहेका छन ।

नव गठित समितिकोबैठकले दशै बजारमा दैनिक अत्यावश्यकीय वस्तु सहित बिजया दशमीका लागि आवश्यक माछा मासु, ध्यु नुन तेल, नया नोट उपलब्ध गराउने निणर्य गरेको छ । बैठकले ४० वटा स्टल राखने पनि निणर्य गरेको छ ।

बैठकमा संघका अध्यक्ष महेशमान सिंहले दशैं बजारलाई संघले छुट्टै पहिचान सहित सञ्चालन गर्दै आएकाले उपभोक्तालाई गुणस्तरीय बस्तु सुपथ मुल्यमा उपलब्ध गराउन यस पटक पनि सरकारी निकाय र व्यवसायिक प्रतिष्ठानहरुलाई आग्रह गर्ने बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.