पहिरोमा एक विदेशी सहित चार पर्यटकको मृत्यु

बुटवल, असोज ५ । गोरखा जिल्लामा गएको पहिरोमा परि एक विदेशी सहित चार पर्यटकको मृत्यु भएको छ। उत्तरी गोरखाको उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार मा पहिरोमा पुरिएर मनास्लु पदयात्रामा गएका चार जना पर्यटकको मृत्यु भएको हो भने छ जना घाईते भएका छन् । मृत्यु हुनेमा एक जना स्पेनी नागरिक, दुई जना गाइड र एक जना ट्राभल एजेन्सीका कर्मचारी गरी तिन जना नेपाली नागरिक रहेका छन । पहिरोमा पुरिएर घाइते भएका चार बिदेशी र दुई नेपाली पर्यटकलाई फिस्टेल एयरबाट काठमाडौं पुर्या इ अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। यस्तै १८ जना घाइतेलाई उद्धार गरी दोभान बजारमा सुरक्षित रुपमा राखिएको प्रहरीले जनाएको छ । उक्त पदयात्रामा २८ जनाको पर्यटक टोली रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.