बुटवल, असोज ५ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले हतियार र युद्धको होडवाजी रोक्न पाकिस्तानले जस्तोसुकै कदम चाल्ने बताउनुभयो । सयुक्त राष्ट्रसंघको महासभालाई न्यूयोर्कमा सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री शरीफले उक्त कुरा बताउनुभएको हो । उहाँले भारत हतियारको विकासमा केन्द्रित भएको आरोप लगाउँदै पाकिस्तानले भारतसंग हतियारको प्रतिस्पर्धा गर्न नचाहेको जिकिर पनि गर्नुभयो ।
भारत- पाकिस्तान वार्ता प्रसंगबारे उहाँले वार्ताका लागि स्वीकार गर्नै नसकिने सर्तहरु भारतले राखेको बताउनुभयो । भारतीय सैनिक क्याम्पमा भएको आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नभएको उहाँको भनाई थियो । कश्मिर स्थित भारतिय सेनाको क्याम्पमा गत आइतवार आतंककवादी आक्रमण हुँदा १८ जना भारतिय सैनिक मारिएपछि दुइ देशबीच तनाव चर्किएको छ । भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउदै आएको छ । काश्मिरको स्वामित्वलाई लिएर भारत र पाकिस्तान बीच बर्षौदेखि विवाद रहदै आएको छ । एजेन्सीहरु