सिंचाई मन्त्री दिपक गिरीलाई हृदयघात

बुटवल, असोज ५ । सिंचाई मन्त्री दिपक गिरीलाई हृदयघात भएको छ । गएराती २ बजे एक्कासी हृदयघात भएपछि मन्त्री गिरीको राजधानीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।  चिकित्सकहरुले मन्त्री गिरीको मुटुका केही धमनीहरु बन्द भएकोले उपचारका क्रममा खुलाईसकिएको बताउदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन । मुटुमा समस्या देखिएकाले अहिले पनि आईसियुबाट सिसियु वार्डमा राखिएको तर उहाँले आराम गरिरहनुभएको चिकित्सकहरुको भनाई छ । मन्त्री गिरीको डाक्टर यादवदेव भट्टको समुहले उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.