बुटवल, असोज ५ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि दलहरुले असहयोग गरेको आरोप लगाउनुभएको छ । व्यवस्थापिका संसद् र राजनीतिक दलहरुको असहयोग गरेको आरोप लगाउनुभएको छ । नेपालगंजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले दलहरुको ढिलाईका कारण तीनवटै तहको चुनाव गर्ने तयारी हुन नसकेको बताउनुभयो । स्थानीय र प्रदेश तथा केन्द्रको चुनाव आगामी २०७२ साल माघ भित्र सम्पन्न गर्न संसदले छिटो कानून बनाउनुपर्ने र दलहरुबीच सहमति छिटो हुनुपर्ने बताउनुभयो ।