जितिया पर्व आजबाट शुरु

बुटवल, असोज ५ । जितिया पर्व शुरु भएको छ । मिथिलाका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन विधिवत् रुपमा पोखरी, सरोबर, कुण्ड लगायतका जलाशयमा स्नान गरी चोखो भई आफ्ना पितृहरुको सम्झनामा घिरौलाको पातमा खाने तथा तेल र पिना चढाउने चलन छ । आफ्ना सन्तानको दीर्घायु तथा समृद्धिको कामना र पितृको सम्झनामा व्रतालुहरुले महिलालाई नै च्युरा, दही, अमोट, चिनी, अचार लगायतका सामग्री भोजन गराउने चलन छ । जितिया व्रत बस्नाले कुनै प्रकारको विपद् आइलाग्दा समेत सन्तानको जीवन सुरक्षित रहने र व्रतालुहरुले थुक पनि निल्नु नहुने प्रचलन रहेकाले मिथिलामा यसलाई कठोर व्रतका रुपमा लिने गरिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.