ब्राउनसुगर सहित दुई जना पक्राउ

बुटवल, असोज ५ ।प्रहरीले रुपन्देहीको रुद्रपुर देखि देवदह क्षेत्रमा लागु औषध प्रयोगकर्ता बढेको जनगुनासो आएपछि थालेको अप्रेशन बाट १ दशमलव ४४ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले असोज ४ गते देवदह २ बाट फत्ते बहादुर थापा र किसन थापालाई ब्राउन सुगर सहित पक्राउ गरेको इप्रका डिएसपी मुकुन्द मरासनीले जानकारी दिनुभयो ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बुधबार बुटवलका विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा र कच्चा पदार्थ विहिबार नष्ट गरेको जनाएको छ । सिद्धबाबा, ईटाभट्टी, जितगढि, चरङगे, गोलपार्क लगाएतका क्षेत्रबाट बरामद गरिएको १५ सय लिटर घरेलु मदिरा शुक्रबार नष्ट गरेको हो । त्यसैगरी १ क्युन्टल मदिरा बनाउन प्रयोग गरिने कच्चा पद्धार्थ समेत प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

त्यसैगरी प्रहरीले नागरिक सचेतना कार्यक्रम पनि अगाडि बढाएको छ । चोरी, ट्राफिक सचेतना, लागु औषध, जुवातास, चेलिबेटी बेचबिखन नियन्त्रण बारेमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । प्रहरी मेरो साथी कार्यक्रम मार्फत पनि सचेतनामुलक कार्यहरु गरिरहेको बताइएको छ । प्रहरीले नागरिक सचेतना मुलक कार्यक्रम सालझण्डी, सैनामैना रामापुर, गजेडि, रुद्रपुर, हरैया लगाएतका स्थानमा गरेको बताइएको छ । यसैगरी प्रहरीले दशै, तिहार, छर्ठ जस्ता महत्वपुर्ण चाडपर्वहरलई लक्षित गरी रात्रीकालिन गस्ती सुरु गरेको डिसएपी मरासनीले बताउनुभयो । उहाले विगतमा घट्ने गरेका घटनाबाट पाठ सिकेको भन्दै रात्रीकालिन बसहरुमा प्रहरीनै राखेर गन्तव्य सम्म पुग्ने बताउनुभये । रातीको समयमा जंगलहरुमा समेत चोरी, डकैटी, लुटपाट समेत हुने सम्भावना भएकाले यस क्षेत्रका सालझण्डी, घोडा, फायरलाईन लगाएतका जंगल क्षेत्रमा प्रहरीको विशेष टोली खटाइएको उहाको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.