नेपाल टेलिकममा कामिनी राजभण्डारी

बुटवल,असोज ५ । सरकारले तराइ मधेश आन्दोलनका घाइतेको उपचार खर्च बापत एक करोड ४० लाख निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवारको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक रहेकी राजभण्डारी नेपाल टेलिकमको प्रवन्ध निर्देशक बन्ने पहिलो महिला हुन । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनोट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद बैठकले उच्च अदालत गठन भएका सातवटै प्रदेशमा न्यायाधिवक्ताको कार्यालय गठन गर्ने निर्णय गरेको छ भने दुई वर्षभित्र हलिया मुक्तको काम सम्पन्न गर्ने निर्णय पनि गरेको सूचना तथा सचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.