बुटवल,असोज ५ ।सरकारले आन्दोलनरत मधेश केन्द्रित दलहरुका माग समेत सम्वोधन हुने गरी सविधान संशोधनको तयारी थालेको छ । त्यसकालागि काग्रेसका तर्फबाट गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्रि विमलेन्द्र नीधि र माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले गृहकार्य गरिरहनुभएको छ । सरकारले दशै अघि नै क्याविनेट बाट सविधान संशोधनको प्रकृया अघि बढाउने तयारी गरिरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । त्यसबारे शिर्ष तहमा एमालेसँग पनि छलफल भैरहेको बताइएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले भन्नुभयो- छिट्टै सविधान संशोधनका लागि प्रकृया अघि बढ्छ ।
तर एमालेका नेताहरुले भने सविधान संशोधन भन्दा कार्यान्वयन आफुहरुको प्राथमिकतामा रहेको भन्दै कुन बुदा के का लागि संशोधन गर्ने खोजिएको हो त्यसवारे आफुहरुलाई सरकारले केही नभएको बताएका छन । तर संशोधन बारे एमाले पुर्ण विपक्षमा भने नउभिने एमालेका एक नेताले बताए ।