सस्तो दशै बजारको तयारी सुरु

बुटवल, ९ असोज ।बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही असोज  १५ गतेदेखि २० गतेसम्म बुटवलमा सञ्चालन हुने सस्तो दशै बजारको तयारी सुरु भएको छ । संघ सचिवालय परिसरमा सञ्चालन हुने दशैं बजारमा गुणस्तरीय बस्तु सर्बसुलभ दरमा उपभोक्तालाईउपलब्ध गराउन सरकारी तथा गैर सरकारी सस्था र प्रतिष्ठानलाई आग्रह गरेको छ । संघकै आग्रहमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको अध्यक्षतामा जिल्ला आपुर्ति समितिको बैठक समेत बसेको छ ।

सरकारी कार्यालय तथा गैर सरकारी सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा प्रजिअ ढकालले महत्वपुर्ण पर्वमा उपभोक्तालाई गुणस्तरी बस्तु सुपथ मुल्यमा उपलब्ध गराउन बजारलाई आवश्यक सहयोग गर्न सबै निकाललाई आग्रह गर्नु भयो ।४० वटा स्टल रहने दशैं बजारमा दैनिक अत्यावश्यकीय बस्तु खाद्यान्न,दुध ध्यु,माछा मासुसहितका बतु र नेपा राष्ट बैकबाट नया नोट सटहीको व्यवस्था गरीने बजारका संयोजक बिमलरानज भट्टराइले जानकारी गराउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.