कृषि एवं पर्यटन महोत्सव हुने

बुटवल, ९ असोज ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरमा तिलोत्तमामा आयोजना हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको पनि तयारी सुरु गरीएको छ ।मेला मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म तिलोत्तमा नगरपालिकाको वडा नमवर १२ मंगलापुरमा हुने छ । मेलाकोतयारीका लागि संघका अध्यक्ष गुणनिधि भण्डारीको संयोजककत्वमा मुल आयोजक समिति गठन गरीएको छ ।मेला आयोजक समिति तथा संघको कार्य समितिको संघ सचिवालय भलवारीमा बसेको बैठकले मेला तथा महोत्सव सम्पन्न गर्न सहयोग गर्न तिलोत्तमा नगरपालिकामा क्रियासिल राजनीतिक दल, संघ सस्था सहित आम नागरीकलाई अपिल गर्ने निणर्य गरेको छ ।

संघले मेला तथा महोत्सवको स्टल बितरण कार्य पनि सुरु गर्ने निणर्य गरेको महासचिव माधवलाल देवकोटाले जानकारी दिनु भयो ।

मेलाको संरक्षकमा नेपाल उद्योग वाणिजय महासंघ र सहआयोजकमा जिल्ला बिकास समिति रुपन्देही, तिलोत्तमा नगरपालिका, तिलोत्तमा व्यापार संघ र तिलोत्तमा उद्योग व्यापार संगठन रहने पनि महासचिव देवकोटाले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.