मनवीरको पाँचौं स्मृति सम्पन्न

बुटवल, भदौ ,९।बरिष्ठ समाजसेवी स्वर्गीय मनवीर गर्बुजा पुन मगरको पाँचौं स्मृति दिवस एक समारोहको आयोजना गरि बुटवलमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सबै जाति समुदायको अधिकारलाई राज्यले समान ढंगले सुनिश्चित गर्नुपर्ने बताउदै यसका लागि दबाव दिन आफूहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । अध्यक्ष रोका मगरले समाज परिवर्तनको यात्रामा स्वर्गीय गर्बुजाले गरेको उच्च योगदानलाई सबैले अनुसरण गरे मात्रै उहाँको सपना पुरा हुने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामप्रसाद बञ्जाडे, नेकपा (माओवादी) नेता अमर आरसी, नेपाली कांग्रेसका राजु गुरुङ, हिलपार्क परिषद्का अध्यक्ष भीम तुलाचन, रेडियो समावेशीका अध्यक्ष प्रकाश राना, आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष होमबहादुर गलामी, आदिबासी जनजाति समन्वय समितिका अध्यक्ष दिलबहादुर खाम्चा, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष बिमला गुरुङ पत्रकार भरत पोखरेल लगायतले बोल्दै स्वर्गीय गर्बुजाको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा उद्योगी एवं समाजसेवी गमप्रसाद रेश्मी मगरलाई उत्कृष्ट समाजसेवी र पत्रकार भीमप्रसाद गुरुङलाई उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको थियो । मनवीर–माया गर्बुजा पुन मगर प्रतिष्ठानका अध्यक्ष तुलबीर गर्बुजा पुन मगरको अध्यक्षता, भूपू सैनिक कल्याण क्लबका सचिब होमबहादुर पुनको स्वागत र रेडियो समावेशीका प्रबन्धक मिलन गाहा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.