सांसदको घरमा कविता वाचन

बुटवल, असोज ७। सधै राजनीतिक गफगाफ मात्र भइरहने काठमाडौं क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयालको घरमा फरक दृश्य देखियो । सांसद फुयालको घर कविहरुले खचाखच भयो । घुम्ती कवि गोष्ठी नेपालले हरेक महिना नियमित रुपमा गर्दै आएको ४८ औं ‘घुम्ती कवि गोष्ठी’ सांसद फुयालको आलापोट स्थिति घरमा साहित्यकारहरुको जमघटका साथ सम्पन्न भएको छ ।
गोष्ठीमा सांसद फुयाल स्वयंले समेत ‘मेरो देश’ नामक कविता बाचन गर्नुभयो
। कविता पछि मन्तब्यका राख्दै सांसद फुयालले नेपाली साहित्यमा काठमाडौंको पूर्वोत्तर क्षेत्रको विशेष योगदान रहेको बताउनुभयो । “भैरव अर्याल र रमेश विकल जस्ता चर्चित साहित्यकारहरु यहि क्षेत्रले जन्मायो” उहाँले
भन्नुभयो – “उहाँहरुको सम्मान र साहित्यको विकासका लागी यस क्षेत्रलाई
साहित्यिक संग्राहलयका रुपमा विकास गर्न आवश्यक छ । समाजको विकृति र
विसङ्गती हटाउन साहित्यले ठूलो योगदान पु¥याउँछ । साहित्यले वर्तमान
यथार्थको चित्रण गर्ने मात्रै होइन भविष्यको सकारात्मक मार्गर्शन पनि
गर्दछ ।” उहाँले साहित्यीक विकासका लागी आ.व. ०७३÷०७४ को निर्वाचन
क्षेत्र विकास कार्यक्रमबाटबालबालिकालाई पद्य शैलीको  छन्द कविता र बाल
कथा साहित्य सिर्जनाको तालिम संचालन गर्न योजना सुनाउनुभयो ।
सांसद फुयालकै संयोजनमा भएको उक्त कार्यक्रमको अध्यक्षता उहाँकी ८४
बर्षीय आमा नन्दकुमारी फुयालले गर्नुभएको थियो । साहित्यकार जगन्नाथ
आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  गोष्ठीमा साहित्यकारहरु
गोविन्द घिमिरे वेदमणी, बाजुरामप्रसाद पौडेल, कनाप महर्षी, आर एन. डंगोल,
विनोद मञ्जन, गायत्री विष्ट, पुण्य गौतम, पिताम्वर भण्डारी, विमल अर्याल,
बसन्त रिजाल, बालमुकुन्द कार्की, विष्णु फुयाल, वैरागी जेठा, यदुनाथ
बसन्तपुरे, खडानन्द बराल लगाएत ४७ जनाले कविता बाचन
गरेका थिए ।
घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष बालमुकुन्द कार्कीले धन्यवाद मन्तव्य
राख्दै नयाँ पुस्तालाई साहित्य प्रति उत्प्रेरित गर्न तथा समाज परिवर्तर
र  रुपान्तरणमा योगदान पु¥उाउने उद्धेश्यले मासिक रुपमा कार्यक्रम आयोजना
हुदै आएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.