महँगी र कालो बजारी नियन्त्रण गर्न माग

बुटवल, भदौ ,९। नेपाल महिला संघले नेपालीहरुको महान चाड बडादशैं, दिपावाली र छठ पर्वको संघारमा आकासिँदो महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारसँग जोडदर माग गरेको छ । महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशनबाट निर्वाचित कार्य समितिको बैठकले नेपाल महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशन भव्यता र सभ्यताका साथ सम्पन्न गरेकोमा तदर्थ समितिका अध्यक्ष डिला संग्रौला लगायत सम्पूर्ण समितिलाई धन्यवाद दिने निर्णय गरेको छ । यसैगरी संघको तेश्रो राष्ट्रिय महाधिबेशन व्यापक रुपमा समिक्षा गर्ने निर्णय गरिएको संघका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.