अख्तियार प्रमुख कार्कीसंग कुरा मिलाए भनेको के हो प्रधानमन्त्रीज्यू ?

बुटवल। असोज ९, नेकपा एमालेले पुर्व लडाकु छानविन प्रकरणमा अख्तियार प्रमुख लोकमान सिह कार्कीसंग प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा मिलाएको भनेको बिषय के हो भन्दै जवाफ माग गरेको छ । ब्यवस्थापिका संसदको बैठकमा एमालेले लडाकु छानविन प्रकरणमा प्रधानमन्त्रीले अख्तियार प्रमुख कार्कीसँग कुरा मिलाएको भन्ने बिषय सार्वजनिक भएकोले ससंदमा त्यसबारे प्रधानमन्त्रीले जानकारी दिनुपर्ने बताएको हो । एमालेले गत बर्षको कैलालीको टिकापुर घटनाका अभियुक्तलाई सरकारले उन्मुक्ति दिने कुरा आइरहेको भन्दै आपत्ति जनाएको छ । संसद बैठकमा एमाले सांसद पशुपति चौलागाईले भन्नुभयो – अख्तियारले अनुसन्धानको फाइल खोल्छु भन्यो । प्रधानमन्त्रीले पार्टी बैठकमा लोकमानसिंह कार्कीसँग कुरा मिलाएँ भनेको कुरा सार्वजनिक रुपमा आयो। त्यो के हो ?

उहाँले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण हुने बताउँदै सरकारका निकाय र संवैधानिक निकायका बीचमा वाक युद्ध चलेको र अख्तियारको प्रमुखको खोजिनितीको फाइल सर्वोच्च अदालतले पठाइदिन भन्दा हरायो भन्यो। फेरी पायो भन्यो। यस्तो पनि हुन्छ भन्दै प्रश्न गर्नुभयो ।उहाँले प्रधानमन्त्रिले भारत भ्रमणका गर्दा उठाएका विषयमा अनेकन ढंगले आएको र त्यसले कन्फ्युजन उत्पन्न गरेको भन्दै के के सहमति भए जानकारी गराउनुपर्छ भन्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.