चिकित्सा शिक्षा विधेयक पारित

बुटवल, असोज ९। व्यवस्थापिका–संसद्ले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए ।

बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.