नयाँ द्धन्द्ध आउन सक्छ- प्रधानमन्त्री

बुटवल। असोज ९,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको कार्यशैली र संरचनामा ढिलो काम गर्ने र अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको बताउनुभएको छ । आइतवार नेपाल सरकारका सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो । उहाले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना ढिला सम्पन्न गर्ने प्रतिस्पर्धा नगर्न र छिटो सम्पन्न गर्ने प्रतिस्पर्धा गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले अहिलेको राजनीतिक घटनाक्रम र आकांक्षाअनुसार सरकारबाट दिशानिर्देश गर्ने प्रयास गरेको गरेको बताउँदै आफैं द्धन्द्ध र शान्ति दुवै प्रक्रियाबाट आएकाले नेपालमा स्थायी शान्तिका लागि प्रयास गर्न लागेको जानकारी दिनुभयो । उहाँले तल्लो वर्ग र समुदायलाई बेलैमा सम्बोधन गर्न सकिएन भने नयाँ द्धन्द्ध आउन सक्छ भन्दै त्यसमा आफु एकदमै सचेत भएर शान्ति र स्थीरताका लागि निकै जोड लगाएर काम गर्न खोजेको दावी गर्नुभयो । उहाँले नीतिगत र कानूनी जटिलता भए सरकारलाई भन्न, बजेट अपुग भए पेश गर्न निर्देशन दिदै तर, परिणाममूखी काम हुनैपर्छ भन्नुभयो ।
प्रधानमन्त्रीले सचिव हरुले दिएको कार्ययोजना बाट आफु सन्तुष्ठ नभएको र स्प्रिडअनुसार कार्ययोजना नआएको बताउदै युद्ध स्तरमा काम गर्न रोक्ने संरचनामाथि पूनर्विचार गर्नेबारे सोच्दैछु भन्नुभयो । बैठकमा मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीको सम्बोधन मध्ये आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय, त्यसको कार्यान्वयनको अवस्था र जटिलताबारे आफ्नो धारणा राख्नुभएको थियो ।उनीहरुले नितिगत समस्याले काम छिटो गर्न नसकिएको जिकिर गरेका थिए ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.