पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु

पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए ।मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाअालले पूर्व मूख्य सचिव एवं पूर्वमन्त्री माधव घिमिरे सवार कार दुर्घटना घटनाले स्तब्ध तुल्याएको भन्दै शिघ्र खोजीका लागि प्रशासनलाई निर्देशित गर्नु भएको छ ।

1Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.